
काठमाडौं । भरतपुर प्रादेशिक अस्पताललाई आवश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरिएकाे छ ।
अष्ट्रेलियामा रहेको नेपालीहरूको संस्था अमेजिन प्यारेन्टसले विभिन्न रोगका बिरामीको रक्त अवस्था पत्ता लगाउन प्रयाेग हुने ईलेक्ट्रो लाइट एनालाइजर उपकरण दुई थान उपलब्ध गराएकाे हाे । ती उपकरण काठमाडौंस्थित ईश्वर मन्दिरमार्फत हस्तान्तरण गरिएको हो ।
उपकरण हस्तान्तरण कार्यक्रममा पूर्वअर्थमन्त्री तथा संस्थाका संरक्षक शंकरप्रसाद कोइरालाले विपन्न वर्गको उपचारमा यसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

अस्पतालका सञ्चालक समितिका अध्यक्ष डा. भोजराज अधिकारी, अस्पताल प्रमुख प्राध्यापक डा. कृष्णप्रसाद पौडेलले दैनिक दुई हजार रोगीको चाप हुने ८ जिल्लाका ३५ लाख जनसंख्यालाईको उपचार धानिरहेको अस्तालका लागि उपकरणको विशेष महत्व रहेको बताउनुभयो ।
संस्थाका अध्यक्ष प्रमेश केसी, स्वयंसेवक आरोहणनरसिंह खडकाले शिक्षा र स्वास्थ्य सेवाका क्षेत्रमा संस्थाका गतिविधिबारे बोल्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्