
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवाहरुले स्वतन्त्रबाट चुनाव जित्नुलाई समग्र सत्यको रुपमा लिन नहुने बताउनुभएको छ ।
बिहीबार टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सो बताउनुभएको हो ।
उहाँले युवा स्वतन्त्र उम्मेदवार भएर विजयी हुनुलाई अपवादको रुपमा लिनुपर्ने बताउनुभयो । अध्यक्ष ओलीले नेपालमा मुख्यरुपमा दुई वटा मात्र राजनीतिक पार्टी रहेको भन्दै उनीहरुले राम्रो काम नगरे त्यसको अपवादको रुपमा नयाँ शक्तिले जन्म लिने बताउनुभयो ।
उहाँले राजनीति र राजनीति संगठनमा विचारको महत्व बढी हुने भन्दै गन्तव्य र उद्देश्यको लागि विचार आवश्यक रहेको बताउनुभयो । अध्यक्ष ओलीले युवाहरुमा राजनीतिप्रति घृणा नभइ आकर्षण बढेको उल्लेख गर्नुभयो ।
अध्यक्ष ओलीले युवाहरुमा राजनीतिप्रतिको आकर्षण सही भएको बताउनुभयो । उहाँले युवाहरुसम्म राजनीतिक पार्टी नपुग्नुले पनि युवाहरुले आफ्नो संगठन बनाएर राजनीतिमा लागिरहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्