१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


महिलाको विवाह १८ वर्षको उमेरमा गर्नु अनुपयुक्त : सांसद राई


2.197k
Shares

Bimala rai paudel

काठमाडौं । राष्ट्रिय सभा सांसद डा. विमला राई पौड्यालले महिलाको विवाह १८ वर्षको उमेरमा गर्नु अनुपयुक्त हुने बताउनुभएको छ ।

शुक्रबार राष्ट्रिय सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद पौड्यालले महिलाको विवाह गर्ने उमेर १८ वर्षमा झार्नु अनुपयुक्त भएको बताउनुभएको हो ।

उहाँले शारीरिक, मानसिक र परिपक्वताको दृष्टिले पहिलोपल्ट आमा हुने उचित समय २० देखि ३० वर्ष भएकाले नेपालमा विवाहको उमेर २० वर्ष बनाइएको उल्लेख गर्नुभयो ।

उहाँले महिलाको विवाह गर्ने उमेर २० वर्ष पु¥याएसँगै नेपालमा मातृ मृत्युदर घटेको पनि बताउनुभयो । सांसद पौड्यालले कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोईराला) ले विवाह गर्ने उमेर घटाउनका लागि पैरवी गरिरहेको भन्दै त्यसप्रति आपत्ति प्रकट गर्नुभयो ।

उहाँले महिलाको विवाहयोग्य उमेरको सम्बन्धमा राष्ट्रिय वहस हुनुपर्ने बताउनुभयो । उहाँले कानून मन्त्रीलाई महिलाको स्वास्थ्य र जीवनप्रति खेलवाड गर्ने अधिकार नभएको बताउनुभयो ।

उहाँले दिगो विकास लक्ष्यमा नेपालले सन् २०३० सम्ममा मातृ मृत्युदर घटाएर १ लाखमा ७० जना महिलाभन्दा कममा लैजाने प्रतिवद्धता गरिएको भन्दै यसका लागि विवाह गर्ने उमेर बढाएर २० वर्ष पुर्‍याइएको बताउनुभयो ।