१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


थप ४३ जनामा कोरोना संक्रमण


117
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ८ सय ५२ जनाको पीसीआर परीक्षणमा ३२ जना र १ हजार ७ सय ३ जनाको एन्टीजेन परीक्षणमा ११ जना गरी ४३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १४ जना निको भएका छन् भने हाल देशभर १ सय ८१ जना सक्रिय संक्रमित रहेका छन् ।

जसमध्ये १ सय ७७ जना होम आइसोलेसनमा रहेका छन् भने ४ जना संस्थागत आइशोलेशन र २ जना आईसीयूमा छन् ।

यस्तै, कोरोनाका १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । शुक्रबार ४३ जना संक्रमित थपिएसंगै नपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ९ सय ९ पुगेको छ ।

यो सँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६७ हजार ३५६ जना संक्रमणमुक्त भएका छन् ।