२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


ओखलढुंगाका किसानलाई धान रोप्ने चटारो


130
Shares

ओखलढुंगा । यस वर्ष मनसुन चाँडै सुरु भएपछि ओखलढुंगाका किसानलाई यतिखेर धान रोपाइँको चटारो परेको छ ।

पर्याप्त वर्षा भएपछि किसानलाई धान रोप्ने चटारो परेको हो ।

जिल्लामा १४ प्रतिशतभन्दा बढी धान रोपाईँ सकिएको कृषि ज्ञान केन्द्र ओखलढुंगाले जनाएको छ । अघिल्ला वर्षहरुमा खडेरीका कारण यतिबेला जिल्लामा १० प्रतिशत पनि रोपाईँ हुने गरेको थिएन ।

वर्षादका कारण यो वर्ष जिल्लामा धान रोपाईँमा उल्लेख्य प्रगति देखिएको कृषि ज्ञान केन्द्रका निमित्त कार्यालय प्रमुख हेमबहादुर आले मगरले बताउनुभयो ।

जिल्लामा ४ हजार ४ सय ३ हेक्टर क्षेत्रमा वर्षे धान खेती हुने गरेको छ ।