
एजेन्सी । भारतीय अभिनेता वरुण धवनद्वारा अभिनित फिल्म ‘जुगजुग जियो’ ले २ दिनमा २१ करोड भारतीय रुपैयाँ कमाएको छ ।
गत शुक्रबार अर्थात २४ जुनदेखि प्रदर्शनमा आएको फिल्म ‘जुगजुग जियो’ बक्स अफिसमा राम्रो कमाई गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । फिल्मले सुरुको दिन कमाई त्यती राम्रो नगरेपनि दोस्रो दिन राम्रो कमाई गरेको छ ।
वरुण धवन, कियारा अडवाणी, अनिल कपूर र नीतु कपूरको फिल्ममा मुख्य भूमिका रहेको छ । फिल्मले पहिलो दिन बक्स अफिसमा कुल ९ करोड २८ लाख भारतीय रुपैयाँ कमाएको थियो भने दोस्रो दिन कुल १२ करोड २५ लाख भारतीय रुपैयाँ कमाएको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार फिल्म एक पारिवारिक कथामा आधारित रहेको छ । फिल्ममा परिवारिक सम्बन्धलाई दर्शाइएको छ । फिल्म हेरेका दर्शकहरूमध्ये कतिपयले फिल्मलाई राम्रो मानेका छन् भने कसैले फिल्मलाई बोरिङ भनेका छन् ।
फिल्म ‘जुगजुग जियो’ ले आगामी दिनहरूमा अझै राम्रो कमाई गर्ने फिल्म निमार्णकर्ताहरूले विश्वास गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्