३ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025


शेयर बजारमा झण्डै सय अंकको उछाल, कारोबार २ अर्ब नाघ्यो


416
Shares

काठमाडौं । साताको सुरुको दिन आइतबार शेयर बजारमा उछाल आयो ।

शुक्रबार सामान्य बढेर सुधारको संकेत गरेको नेप्से यस दिन झण्डै सय अंक बराबरले उकालो लाग्यो ।

उतार चढावबीच बजार परिसूचक नेप्से ९४ अंकले उकालो लागेर १९ सय ५६ पुग्यो । यस दिन कारोबार समेत उल्लेख्य बढेर २ अर्ब नाघ्यो ।

सबै समूहमा हरियाली छाउँदा दुबै बीमा समूहमा सबैभन्दा उच्च साढे ३ सय अंक बढीको वृद्धि आयो । उत्पादनमूलक समुहमा पनि ३ सय अंक नजिकको वृद्धि आउँदा विकास बैंक समूहमा साढें २ सय अंक बढीको सुधार आयो ।

होटल तथा पर्यटन, व्यापार, वित्त, जलविद्युतलगायत समूहमा पनि सय अंक बढीको वृद्धि आयो । अरु पनि अधिकांश समूह दोहोरो अंकले बढे । यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय ३० कम्पनीको ६३ लाख ६३ हजार बढी कित्ता शेयर २ अर्ब १९ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

यस दिन कारोबार भएका मध्ये १ सय ९८ कम्पनीको मूल्य उकालो लाग्यो । यसमध्ये ५० भन्दा बढी कम्पनीको सर्किट लेवलमा कारोबार भएको पनि नेप्सेले जनाएको छ ।