
काठमाडौं । जनता समाजवादी पार्टी नेपालका सांसद प्रमोद साहले नागरिकता सम्बन्धी विधेयकलाई तत्काल पारित गर्नुपर्ने बताउनुभएको छ ।
प्रतिनिधि सभाको आइतबारको बैठकमा विशेष समयमा बोल्दै सांसद साहले नागरिकता सम्बन्धी विधेयकलाई चालु अधिवेशनबाट नै पारित गर्नुपर्नेमा जोड दिनुभएको हो । उहाँले संसदमा पहिले पेस भएको नागरिकता सम्बन्धी विधेयक पारित हुने अवस्था नरहेको भन्दै सरकारले यसलाई फिर्ता गरी अर्को विधेयक ल्याएर पारित गर्नुपर्ने बताउनु भयो ।
उहाँले अविलम्ब कानून बनाएर नागरिकता दिनुपर्ने बताउनुभयो । सांसद साहले नागरिकता विधेयक पारित गर्ने सन्दर्भमा राज्य र सांसदहरु गैरजिम्मेवार भएको बताउनु भयो ।
उहाँले लाल आयोगको प्रतिवेदन पनि छिटोभन्दा छिटो सार्वजनिक गर्न माग गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्