
सुनसरी । सुनसरी उद्योग वाणिज्य संघको निर्वाचनमा व्यवसायीहरु चुनावी मैदानमा होमिएका छन् ।
यही असार २० गते हुने संघको निर्वाचनमा अध्यक्षमा तीन जनाले उम्मेदवारी दिएका छन् ।
अध्यक्षमा संघका वर्तमान प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठ, निर्माण व्यवसायी विजय श्रेष्ठ र संघका पूर्वअध्यक्ष पवन अग्रवालले उम्मेदवारी दिनुभएको छ ।
उम्मेदवारी दिएका शिवराज एमाले समर्थक र विजय कांग्रेस समर्थक हुनुहुन्छ ।
दुबै जना प्यानलसहित चुनावी मैदानमा होमिएका छन् । २ हजार ९ सय ७७ मतदाता रहेको संघमा उद्योग, वाणिज्य, वस्तुगत, एशोसियट तर्फ सदस्यमा निर्वाचन हुने प्रमुख निर्वाचन अधिकृत डाक्टर राजेन्द्र शर्माले बताउनुभयो ।
संघको निर्वाचित अध्यक्षले निर्वाचित सदस्य मध्येबाट पदाधिकारी मनोनित गर्ने प्रावधान रहेको छ ।
प्रतिक्रिया दिनुहोस्