
काठमाडौं । नेपाली समाजमा चेतनास्तर बृद्धि हुँदा धेरै विषयमा सामाजिक सुधार आएको अवस्थामा महिला हिंसाले भने डरलाग्दो रुप धारण गरेको छ । अझ अपराधमा आफ्नै नाता र शुभचिन्तकको संलग्नताले स्थितिलाई थप संवेदनशील बनाएको छ । महिला हिंसामा पनि जबरर्जस्ती करणी घटना प्रकोपका रुपमा देखिन्छ । नेपालमा प्रत्येक दिन औसत ६ जना बलात्कृत हुने गरेको पाइएको छ ।
प्रहरी प्रधान कार्यालयको चालू आर्थिक बर्ष २०७८/७९ तथ्यांकले बलात्कारको यो भयावह रुप देखाएको हो । तथ्यांक अनुसार जबरजस्ती करणी २१ सय ३९, जबर्जस्ती करणी उध्योग ५ सय ९३, मानव बेचबिखन जबर्जस्ती करणी १८, अपहरण जबर्जस्ती करणी ५७, जबरजस्ती करणी गरि कर्तब्य ज्यानमा १० र बालबिबाह गरि जबरजस्ती करणीमा १ गरी जम्मा २८ सय १८ वटा घटना दर्ता भएको छ । यी मध्य सबै भन्दा बढी घटना प्रदेश नम्बर १ मा बढी र कर्णाली प्रदेशमा कम भएको तथ्यांकले देखाएको छ ।
एक वर्षमा बलात्कारका ६ हजार ५ सय ५५ घटनामा मुद्दा चलाएको छ । त्यसअनुसार औसतमा प्रत्येक दिन बलात्कारका ६ घटना भएको देखिन्छ । पछिलो समय घटना बारेमा पीडित खुलेर आउन थालेको कारण पनि घटना धेरै देखिएको नेपाल प्रहरीका प्रवक्ता विष्णु केसी बताउनुहुन्छ ।
चालु आर्थिक वर्षको जेष्ठ सम्मको तथ्यांकानुसार ७ वटा प्रदेशमा गरि बलात्कारका २८ सय १८ घटना प्रहरीमा दर्ता भएका छन् । त्यो दैनिक ६ भन्दा बढी हो । अधिकांश ११ देखि १६ वर्षमुनिका बालिका बलात्कृत भएको प्रहरीको तथ्यांकले देखाउँछ ।
आर्थिक वर्ष ०७७/७८ मा पनि ११ देखि १६ वर्षमुनिका ८०१ बालिका बलात्कृत भएको तथ्यांक छ । उक्त वर्ष १० वर्षमुनिका २७३ जना बलात्कृत भए ।
यस्तो घटनामा कमि ल्याउन प्रहरी कारवाही मात्र नभै सर्वसाधार जनता स्वम आफै सजग भएमा कमि आउन सक्ने प्रहरी प्रवक्ता केसी बताउनुहुन्छ ।
प्रहरी यस्तो जघन्य अपराधला कमी ल्याउने तर्फ संगठनले कुनै कसर बाँकी नराखेको दाबी गर्दै आइरहेको छ भने पीडित बिनु यादव भने आफूमाथि भएको महिला हिंसा तथा जवर्जस्ती करणी घटना दवाउन प्रहरी अधिकारी नै लागि परेकोले आज आफु घरको न घाटको भएको बताइन् । यादवले आफुमाथि बलात्कृत गर्ने व्यक्तिको मामा नै डिएसपी भएको धम्की दिएर मुद्दा फिर्ता लिन लगाएको बताइन् ।
यसरी शक्तिको आडमा प्रहरीनै घटना दबाउन तिर लागे पछि पीडितहरु झन पीडामा पर्नु स्वाभाविक हो । न्यायको लागि प्रहरी प्रशासनमा पुग्दा समेत शक्तिको आडमा पीडितको जाहेरी दर्ता नहुने हुँदा कति पय पीडितले आत्महत्या सम्म गर्न बाध्य भएका छ्न भने महिला हिसा तथा जबर्जस्ती करणीका पीडित बिनु यादवले त अदालतको इजलाश भित्रै न्यायाधिश अगाडि नै बिष खाएर आत्महत्याको कोशिस गरेकी थिइन् ।
प्रहरीका अनुसार बलात्कारका धेरैजसो घटनामा आफन्त र चिनजानकै व्यक्तिको संलग्नता पाइएको छ । कतिपय घटनालाई शक्तिको आडमा पीडितलाई डर त्रास देखाउने गर्दा पीडितले घटना बाहिर ल्याउन नसकेको प्रहरी अधिकारीहरुको बुझाइ छ । पछिल्लो समय महिला हिंसाको हदम्याद कानुनलाई बढाउनुपर्ने दबाब बढ्नु पछाडिको रहस्य पनि यही हो ।
प्रतिक्रिया दिनुहोस्