
‘काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आफ्नो कार्यकालमा ९० प्रतिशत अंक ल्याएको बताउनुभएको छ ।
आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री आलेले आफ्नो कार्यकालमा ९० प्रतिशत अंक ल्याएको बताउनुभएको हो । उहाँले आफू प्रक्रियामा भन्दा एक्शनमा विश्वास गर्ने राजनीतिक कार्यकर्ता भएको उल्लेख गर्दै चाँडै परिणाम दिनका लागि आफू क्रियाशिल भएको बताउनुभयो । उहाँले जनतालाई छिटो, छरितो सेवा दिने विषयलाई आफुले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो । मन्त्री आलेले आफूले स्वदेश तथा विदेशबाट ‘एक्शन मन्त्री’को उपमा पाएको र त्यसले आफुलाई ऊर्जा प्राप्त गरेको उल्लेख गर्नुभयो ।
मन्त्री आलेले कागजमा मात्रै काम गरेको देखाउन खोज्नेहरु आफ्नो निगरानीमा परेको बताउनुभयो । उहाँले आफूले तल्लो तहको भन्दा माथिल्लो तहका कर्मचारीहरुलाई निगरानी गरेको स्पष्ट पार्नुभयो । उहाँले काम गर्ने शिलशिलामा अदृश्य शक्तिकेन्द्रबाट दबाब तथा प्रलोभनहरु आएको भएपपनि आफूले दबाब र आर्थिक प्रलोभनको प्रवाह नगरी काम गरेको बताउनुभयो । मन्त्री आलेले मुलुक, संविधान, नीति तथा कार्यक्रम, प्रचलित कानून, सरकारका प्राथमिकता र प्रधानमन्त्री तथा गठबन्धनका शीर्ष नेताहरुको मार्गदर्शनको आधारमा क्रियाशिल रहेको पनि बताउनुभयो ।
उहाँले काम गर्ने क्रममा बोल्न नजान्नु आफ्नो नियत नभएको बताउनुभयो । आफू सांसदको रुपमा रहिरहने भन्दै विकृति बिरुद्धमा निरन्तर खबरदारी गरिरहने बताउनुभयो । मन्त्री आलेले समयले मागेमा मन्त्रीको भुमिकामा पुनः फर्किने बताउनुभयो । उहाँले आफुले थालेका सुधारका कामहरुलाई नयाँ आउने मन्त्रीले निरन्तरता दिने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले मन्त्रालयबाट बाहिरिएपनि मन्त्रालयले शुरु गरेका कामहरुलाई निगरानीमा राखिरहने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्