
पाँचथर । पाँचथरमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा कार चालक झापा जलथल–५ बस्ने वर्ष ४५ का प्रकाश बुढाथोकी रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको पाँचथर प्रहरी प्रमुख राकेश थापाले बताउनुभयो ।
दुर्घटनामा परेर एक जना घाइते रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
मेची राजमार्ग अन्र्तगत फाल्गुनन्द गाँउपालिका वडा न –३ पाङग्रेभीरमा झापाबाट फिदिमतर्फ आउँदै गरेको मे १ ज २७८४ नं.को कार आफै अनियन्त्रित भई सडकबाट ७०० मिटर तल खसि दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा पाँचथर फालेलुङ २ खुँगा बस्ने वर्ष ३५को भिष्म केरुङ रहेको प्रहरीले बताएको छ । केरुङलाई उपचारको लागी झापा पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्