
काठमाडौं । नेकपा एकीकृत समाजवादीका तर्फबाट सरकारमा सहभागी भएका नवनियुक्त चार जना मन्त्रीले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आज (सोमबार) बिहान ११ बजे नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएकाे हाे । शपथग्रहण समारोहमा राष्ट्रपति भण्डारीसहित उपराष्ट्रपति नन्दकिशोर पुन‚ प्रधानमन्त्री शेरबहादुर देउवा‚ र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालगायतको उपस्थिति रहेकाे छ ।
आइतबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवाले एकीकृत समाजवादीका जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरीलाई शहरी विकास, भवानीप्रसाद खापुङलाई स्वास्थ्य तथा जनसंख्या, र शेरबहादुर कुँवरलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा नियुक्त गर्नुभएकाे थियाे। त्यस्तै हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्रीमा उहाँले नियुक्त गर्नुभएकाे थियाे ।
प्रतिक्रिया दिनुहोस्