१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


थपिए ४१ जना कोरोना संक्रमित


91
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ३३७ जनाको पीसीआर परीक्षणमा ३६ जना र १ हजार २१ जनाको एन्टीजेन परीक्षणमा ५ जना गरी जम्मा ४१ जनामा संक्रमण पुष्टि भएको हो ।

सोमबार २० जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।

हाल देशभर २०८ जना सक्रिय संक्रमित रहेका छन् ।