
सिन्धुली । सिन्धुली जिल्लाको मरिण गाउँपालिकाले आर्थिक वर्ष ०७९/०८० को नीति तथा कार्यक्रम र बजेटमा बालमैत्री कार्यक्रमलाई प्राथमिकता दिएको छ ।
दोस्रो गाउँसभामा गाउँपालिकाले आफ्नो नीति कार्यक्रम र बजेटमा कुपोषित बालबालिकाको लागि पोषणयुक्त कार्यक्रम र शिक्षा क्षेत्रमा सरकारी विद्यालयहरू सञ्चालनमा विशेष पहल गर्ने भएकाे हाे । साेही सभाले विद्यालय जान समस्या हुने बालबालिकाको लागि प्रदेश सरकारको सहयोगमा विद्यालय बसको व्यवस्था समेत गर्ने नीति लिएको छ ।
गाउँसभामा गाउँपालिका अध्यक्ष विमर्श मोक्तानले महिला बालमैत्री कार्यक्रम संचालनगरि गाउँपालिकाका प्रत्येक होटेल तथा उद्योगहरू बालमैत्री बनाउने बताउनुभयो । साेही सभाले मरिण गाउँपालिकामा रहेका लोपोन्मुख तथा जनजाती युवाहरूको क्षमता विकासका गर्ने, पालिका बासीलाई स्वच्छ खानेपानीको व्यवस्था गर्ने र सेफ हाउसको व्यवस्था गर्ने भएकाे हाे ।
सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिकलाई टोल टोलमा नै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइने र ज्येष्ठ नागरिकलाई महिनामा एक पटक स्वास्थ्य जाँचको व्यवस्था गर्ने मरिण गाउँपालिकाले लक्ष्य लिएको छ । मरिण गाउँपालिकाले प्रदेश सरकार र स्थानीय सरकारको गरी कुल ६३ करोड २३ लाख ३३ हजार ८ सय रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
प्रतिक्रिया दिनुहोस्