
अर्घाखाँची । अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाले आगामी वर्षको बजेटमार्फत नगरपालिकाले उत्पादन शिक्षा कार्यक्रम संचालन गर्ने भएको छ ।
नगरपालिकाले विद्यालयक्षेत्रमा विद्याथीको व्यवहारिक ज्ञानको लागि कृषि विशेष कार्यक्रम संचालन गर्ने नगरप्रमुख झविलाल थापाले जानकारी दिनुभयो ।
यस्तै, ५ वर्षमा विद्यालयको गुणस्तार वृद्वी गर्न विद्यालयसंग नगरपालिका कार्यक्रम संचालन गर्ने, सामुदायिक विद्यालयमध्ये कुनै विद्यालयबाट अंग्रेजी माध्यमबाट पठन पाठानको प्रारम्भ गर्ने, यस्तै कृषि जन्य वस्तुको परीक्षणको रुपमा खरिद विक्रीको व्यवस्थापन गर्ने, टिमुर, अदुवा, वेसार लगायतका वस्तुको उत्पादन, प्रशोधन, बजारीकरण र ब्राडिङ गर्ने जनाइएको छ ।
प्रत्येक वडामा रहेका मुख्य एउटा सडकलाई ५ वर्षभित्र कालोपत्रे गर्ने, २ वर्ष भित्र प्रत्यक घरमा खानेपानीको सहजको लागि एक घर एक धारा निर्माण गर्ने कार्यक्रमनगरप्रमुख थापाले बताउनुभयो ।
यस्तै, नगरपालिकाका विभिन्न सम्भाव्य क्षेत्रहरुमा मुहान संरक्षण तथा अन्य वातावरणीय सन्तुलनको लागि रिचार्ज पोखरी निमाणलाई प्राथामिकता दिइने छ ।
सेङलेङ, मसिनालाई पर्यटक मियोको रुपमा अगाडि बढाउने लगायतका विषलाई प्राथामिकतामा राखेर बजेट लिएको नगरपालिका उपप्रमुख बालकृष्ण बन्जाडेले जानकारी गराउनुभयो ।
नगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि ८६ करोड ३६ लाख ६९ हजार बजेट विनियोजन गरेको प्रमुख प्रशासकिय अधिकृत लिलबहादुर राउत ( क्षेत्री) ले जानकारी दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्