२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


अग्रज खेलाडी भट्टराईलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’


143
Shares

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले अग्रज खेलाडी गणेशबहादुर भट्टराईलाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मान गर्ने भएको छ ।

पोखरामा हुने ६औं पोखरा स्पोर्टस् अवार्ड–२०७८ अवसरमा उनलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्रसहित अवार्ड प्रदान गरिने मञ्च महासचिव राजाराम पौडेलले जानकारी दिनुभएको छ ।

पोखराका अग्रज पर्यटन व्यवसायी समेत रहेका उनी एन्फाका पूर्व उपमहासचिव समेत हुन् ।

बक्सिङ खेलाडी भट्टराई सन् १९९० मा पाकिस्तानमा भएको चौथो दक्षिण एशियाली खेलकुदमा सिल्भर मेडलिस्ट हुन् ।

सन् १९८७ मा पहिलो पटक जुनिअर राष्ट्रिय प्रतियोगितामा सहभागी भएका भट्टराईले पहिलो सहभागितामै जुनियर च्याम्पियन बने ।

१९८८ मा पनि जुनिअर राष्ट्रिय च्याम्पियनसीपमा गोल्ड मेडल जिते । सोहि वर्ष सिनियरतर्फ चौंथो भए । त्यसको एक वर्षपछि राष्ट्रिय च्याम्पियन बने । १९९० मा बैंकक र १९९१ मा पाकिस्तानमा ६–६ महिना प्रशिक्षणका लागि भट्टराई पुगेका थिए ।

राष्ट्रिय अन्तर्राष्ट्रिय खेलहरुमा सहभागिता जनाउँदै गर्दा उनको दाहिने हात भाँचिएपछि उनको खेल क्षेत्रमा पूर्ण बिरामै
लागेजस्तो भयो । उनले खेल छाडेर व्यवस्थापन सम्हाल्न थाले । टिम म्यानेजर भएर उनले १९९८ मा नेपालमै भएको सागमा २ स्वर्ण, ५ रजत र २ कास्य पदक दिलाए ।

भट्टराई भूतपूर्व खेलाडी मञ्चका पूर्व उपाध्यक्ष, नेपाल बक्सिङ संघका उपाध्यक्ष, रेबान पोखराका अध्यक्ष जोय फाउडेशनका संस्थापक सदस्य, पोखरा उपमहानगरपालिकामा उपमेयर बनिसकेका छन् । पोखरा म्याराथनका परिकल्पना समेत उनी भट्टराई हुन् ।

मञ्चले यसअघि प्राडा वीरेन्द्रसिंह गुरुङ, कृष्णबहादुर थापा, खड्गबहादुर रानाभाट, चित्रबहादुर गुरुङ र आनन्द रञ्जितलाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिसकेको छ । असार १८ मा पोखरामा हुने समारोहमा योसहित विभिन्न ७ विधाम अवार्ड वितरण गरिने छ ।