८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


देशभर आज भारी वर्षाको सम्भावना


273
Shares

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

मनसुनी न्यून चापीय रेखा औसत भन्दा उत्तर तिर नेपालको दक्षिणी भु-भाग नजिक रहेको छ। आज (बुधबार) बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहि केही स्थानमा हल्कादेखि मध्यम वर्षा भैरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

बुधबार दिउँसो भने देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

बुधबार राति भने देशभर सामान्यदेखि पूर्ण रुपमा बदली रहनेछ । देशका धेरै स्थानमा मेघगर्जन र चट्याङ हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको छ। साथै गण्डकी प्रदेश र लुम्बिनी प्रदेश, मधेश प्रदेश, बाग्मती प्रदेशका र सुदुरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना भएकाे महाशाखाले जनाएकाे छ ।