२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


ओखलढुंगामा आलुकाे बीउ भण्डारण गर्ने घर निर्माण


195
Shares

ओखलढुंगा । ओखलढुंगामा परम्परागत भण्डारणबाट ठूलो मात्रामा आलु कुहिने समस्या भोग्दै आएका ओखलढुंगाको ठाडे -टोड्के क्षेत्रका किसानका लागि आलुकाे बीउ भण्डारण घर निर्माण भएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत यस क्षेत्रका २ सय १५ घरधुरी लाभान्वित हुनेगरी आलुकाे बीउकाे भण्डारण घर निर्माण भएको हो । ठाडेमा निर्माण भएको सो भण्डारण घर जनश्रमदानसहित ३४ लाख ३३ हजार रुपैयाँमा तयार भएको हो । अर्गानिक विधिबाट बुङको आलुउत्पादन हुने यो क्षेत्रका किसानले आलुभण्डारणको समस्या भोग्दै आएका थिए । जसका कारण वर्षेनी ठूलो मात्रामा आलुकुहिने समस्या थियो ।

भण्डारण घर निर्माण भएपछि आगामी साउनको सिजनमा निस्कने आलु किसानले सुरक्षित रुपमा भण्डारण गर्न पाउने भएका छन् । जिल्लाको २ हजार मिटर भन्दा माथिको क्षेत्रमा मुख्य बालीका रुपमा आलुखेती हुने गरेको छ । जिल्लामा २ हजार ९ सय ४७ हेक्टर क्षेत्रमा आलुखेती हुने गर्छ । यहाँबाट ४ करोड भन्दा बढी मूल्य बराबरको आलु निर्यात हुने गरेको छ ।