
सिन्धुली । सिन्धुलीमा अबिरल वर्षाका कारण वीपी राजमार्ग र मध्यपहाडी लोकमार्ग अवरुद्ध भएका छन् ।
वर्षाले सिन्धुली जिल्लामा पर्ने वीपी राजमार्ग, मध्यपहाडी लोकमार्ग र मदन भण्डारी राजमार्ग अन्तर्गत सडकखण्डमा पहिरोले यातायातका साधनकाे आवतजावतमा समेत समस्या भएकाे हाे । बाढी पहिरोबाट अवरुद्ध भएको वीपी राजमार्ग र मध्यपहाडी लोकमाग संचालन गर्नका लागि सडक विभाग र स्थानीय प्रशासनले प्रयास जारी राखेकाे छ।
साेही वर्षाले सिन्धुली जिल्लाको कमला, मरिण र चदाहा नदीमा आएको बाढीले स्थानीय किसानहरुको हजारौं हेक्टर उर्वराखेती योग्य जग्गाहरुको समेत कटान गर्न सुरु गरेको छ। वर्षाका कारण गौमती नदीमा आएको बाढीले सदरमुकाम सिन्धुलीमाडीस्थित नदी तटीय क्षेत्रमा जोखिम बढाएको छ ।
प्रतिक्रिया दिनुहोस्