१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


लिम्बु समुदायको समाधिस्थल संकटमा


481
Shares

तेह्रथुम । पुर्वी नेपालका रैथाने लिम्बु समुदायको समाधिस्थल संकटमा पर्न थालेको छ ।

पछिल्लो समय आएको भूमिसुधार ऐनका कारण आफूहरूको समाधिस्थल संकटमा पर्न थालेको स्थानीय अगुवाहरू बताउँछन् । मृत्युपछि कुनै निश्चित समाधिस्थलमा अन्त्येष्टि गर्ने परम्परा रहेकोमा जग्गा अभाव र सामुदायिक वनको अवधारणापछि समस्या परेको उनीहरूको भनाइ छ ।

पुर्ब किपोटीयाका लिम्बुहरूले आफ्ना आफन्तको मृत्यृ हुँदा समाधिस्थलमा नै चिहान बनाएर अन्त्येष्टि गर्ने गरेका छन् । यी समुदायका सम्पन्न परिवारले कपुरथान अर्थात पक्की चिहान बनाउने प्रचलन रहेको छ ।

पछिल्लो समय यी समुदायमा सामुहिक रूपमा दाहसंस्कार गर्ने परम्परा हराउँदै जान थालेको छ । अहिले आफन्तको मृत्यु हुँदा उनीहरू आफ्नै निजी जग्गामा राख्न थालेका छन् । यसले भविष्यमा गम्भीर संकट निम्तिनसक्ने अगुवाहरूको भनाइ छ ।

पुस्तौंदेखि भएको समाधिस्थलहरूमा जग्गा अभावसँगै सरकारले सामुदायिक वनको अवधारणा ल्याएपछि यी समुदायलाई समस्या हुँदै गएको हो । राज्यले लिम्बु समुदायको संस्कार संस्कृतिमा प्रहार गर्दै नियोजित रूपमा समाधिस्थलहरू सरकारीकरण गरेको अगुवाहरू बताउँछन् ।

भाषा, लिपी, संस्कार र संस्कृति संरक्षणका लागि अहिलेका पूस्ताको ध्यान नदिए अस्तित्व नै संकटमा पर्दैै जानेमा उनीहरू चिन्तित छन् । समाधिस्थलको बारेमा बेलेमा नसोच्ने हो भने लिम्बुहरूको एक घर एक समाधिस्थल बन्ने निश्चित छ ।