१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


धनकुटामा करेन्ट लागेर एक जनाको मृत्यु


26
Shares

धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिकामा बिहीबार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा छथरजोरपाटी गाउँपालिका १ हात्तिखर्क माबिबुङ्गका २९ वर्षिय लक्ष्मण लिम्बु रहेको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।

स्थानीय शम्भु लिम्बुको घरमा बिग्रिएको बत्ती बनाउन विद्युतको पोलमा चढ्ेर बनाउने क्रममा करेन्ट लागि मृत्यु भएको र अहिले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।