७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


वक्यौता रकम भुक्तानीको माग गर्दै किसानले लगाए प्रदेश कृषि मन्त्रालयमा ताला


130
Shares

जनकपुर । वक्यौता रकम भुक्तानीको माग गर्दै धनुषाका कृषकले मधेश प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा तालाबन्दी गरेका छन् ।

धनुषाको जनहित कृषक समूह र सर्लाहीका लवकुश बचत तथा ऋण सहकारीका किसान तथा पदाधिकारीले निर्माणाधिन शीत भण्डारण बिलको वक्यौता रकम भुक्तानीको माग गर्दै तालाबन्दी गरेका हुन् ।

उनीहरुले मन्त्रालयको लेखा शाखा र खाद्य सुरक्षा तथा कृषि व्यवसाय प्रवद्र्धन महाशाखामा पनि तालाबन्दी गरेका छन् ।

मन्त्रालयले अदालतको आदेश समेतलाई बेवास्ता गर्दैै भुक्तानी गर्न नमानेकाले बाध्य भएर तालाबन्दी गर्नु परेको किसानका अगुवा तथा जनता समाजवादी पार्टीका प्रदेश उपाध्यक्ष शेषनारायण यादवले जनाकारी दिनुभयो ।

उनीहरुले रकम भुक्तानी नभएसम्म कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । यता, मन्त्रालयका सचिव नम्रता सिंहले भुक्तानीको कार्य अन्तिम चरणमा रहेको बताउनुभएको छ ।