
काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको नेतृत्व गर्न नसकेको बताउनुभएको छ ।
बिहीबार नेपाली कांग्रेसका नेता शेखर कोईराला पक्षधरको भेलामा सहभागी हुन पुग्नुभएका नेता भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको नेतृत्व गर्न नसकेको बताउनुभएको हो ।
उहाँले सभापति देउवाले पार्टी विधान अनुसार काम गर्न नसकेको बताउनुभयो । अन्य पार्टीले मन्त्रीपरिषद् हेरफेर गरेपनि देउवाले आफ्नो पार्टीमा त्यसबारे बोल्न समेत नसकेको उहाँले आरोप लगाउनुभयो ।
उहाँले देउवा सत्तामा जाने राजनीतिका लागि सफल व्यक्ति भएको बताउनुभयो । नेता भण्डारीले सभापति देउवाले गुटको प्रतिनिधित्व नगरी सिंगो पार्टीको प्रतिनिधित्व गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले नेता शेखर कोईराला पक्षीय नेताहरुको भेला गुटको भेला नभई विचारको भेला भएको जिकिर गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्