१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


निजी विद्यालयले चैतको शुल्क लिन नपाउने सरकारको दोस्रो निर्णय


0
Shares

काठमाडौं । सरकारले चैत महिनाभर निजी विद्यालयले शुल्क लिन नपाउने यसअघिको निर्णयलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

यही बैशाख १४ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु जानकारी गराउँदै सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले यसअघिको छुटको निर्णयलाई प्रभावकारी कार्यान्वयन गराउने निर्णय गरिएको जानकारी दिए ।

चैत १६ मा बसेको मन्त्रिपरिषद बैठकले चैत महिनाभर निजी विद्यालयले शुल्क लिन नपाउने गरी निर्णय गरेको थियो । तर, निजी विद्यालय सञ्चालकहरुले विभिन्न शर्त राख्दै कार्यान्वयन गर्न नसकिने बताएपछि सरकारले फेरि यो निर्णय गरेको हो ।

आवास शुल्कबाहेक अरु सबै प्रकारको शुल्क निजी विद्यालयले दिनुपर्ने निर्णयमा भनिएको छ । निजी विद्यालयमा माध्यामिक स्तरसम्मको शुल्कलाई मिनाह गर्न सरकारले निर्णय गरेको थियो ।

यसैगरी सरकारले निजी विद्यालय सञ्चालनमा  चालु पुँजीको अभाव हुने भए बैंक तथा वित्तीय संस्थामार्फत कर्जा सहजीकरण गर्ने व्यवस्था मिलाउने निर्णय पनि गरेको छ ।