
काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पाँच वर्षे कार्यकालमा केही नगरेको अरोप प्रदेशका जनप्रतिनिधिले लगाएका छन् ।
मुख्यमन्त्री राउतले प्रदेशका विभिन्न स्थानमा गरेको योजनाको शिल्यान्यास र घोषणा अलपत्र परेको उनीहरुको आरोप छ ।
तीन वर्षअघि राउतले बाराको पथलैयामा प्रादेशिक ट्रमा अस्पताल सञ्चालन गर्ने, कलैया उपमहानगरको वडा नम्बर १६ मा बनाउने भनिएको प्रादेशिक सरुवा रोग अस्पतालको सिल्यान्यास गरेर छाडीएको छ । अस्पताल संचालनमा नल्याएर जनताको स्वास्थ्यमाथि खेलबाड गरेको आरोप जितपुर सिमरा उपमहानगरका प्रमुख राजन पौडेलले लगाउनुभयो ।
राउतले ट्रमा अस्पताललाई संघीय सरकारको समेत सहयोग लिएर मधेश प्रदेशकै नमुना ट्रमा अस्पताल बनाउने सार्वजनिक घोषणा गरेका थिए ।
यसअघि प्रदेश सरकार अन्तरगत ५ बिगाह स्वास्थ्य मन्त्रालयको सहकार्यमा प्रहरी अस्पताल संचालन गर्ने अन्तिम तयारी थालेको थियो ।
प्रतिक्रिया दिनुहोस्