१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


इलाम जिप दुर्घटनामा एक बालकसहित १२ जना घाइते (नामसहित)


390
Shares

काठमाडौं । मेची राजमार्ग अन्तर्गत इलामको पुवाखोलामा बोलेरो जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

ताप्लेजुङबाट झापा जाँदै गरेको को १ ज ३३२९ नम्बरको जिप शुक्रबार दिउँसो राजमार्गबाट चार सय मिटर तल झरेको हो ।

दुर्घटनामा चालक इलाम नगरपालिका–२ का २४ वर्षीय चुणामणि घिमिरेसहित ताप्लेजुङ याङ्बरक गाउँपालिका ५ की २१ वर्षीया मनिषा तामाङ, सोही गाँउपालिका वडा नं.६ का २४ वर्षीय लोकेन्द्र सिलवाल घाइते भएका छन् ।

यस्तै, फुङलिङ नगरपालिका–६ की ३० वर्षीया निमा खतिवडा झापा मेचीनगर नगरपालिका–९ का २२ वर्षीय दिवान राईसहित १० महिनाकी बालिका रियन्सा राई, सोही स्थानकी २२ वर्षीया मञ्जली राई, भद्रपुर नगरपालिका–३ का ५३ वर्षीय इन्द्रबहादुर कार्की पनि घाइते भएका छन् ।

त्यसैगरी, ५६ वर्षीय जितबहादुर थेबे, पाँचथर फालेलुङ गाउँपालिका–१ की २१ वर्षीया अप्सरा कोइराला, याङबरक गाउँपालिका–५ का ५१ वर्षीय प्रेम तामाङ र सोही गाउँपालिका–६ का २३ वर्षीय दिपेन्द्र कोइराला र भोजपुर श्यामसिला गाउँपालिका–१ का २७ वर्षीय सुरेन राई पनि घाइते छन् ।

दुर्घटनामा घाइते भएकाहरूलाई इलाम अस्पतालमा उपचार गरी गम्भीर घाइते आठ जनालाई झापाका विभिन्न अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । जिप दुर्घटनाको कारण नुखेलेको प्रहरीले जनाएको छ ।