१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पहिरोले खोटाङमा घर र पशुचौपाया क्षति


65
Shares

काठमाडौं । लगातारको वर्षापछि गएको पहिरोले खोटाङमा एक घर बगाउनुका साथै पशुचौपाया पुरेको छ ।

शुक्रबार राती झण्डै पाँच सय मिटर माथिबाट खसेको पहिरोले रावाबेसी गाउँपालिका–६ हौँचुरका बलराम खत्रीको घर बगाएको हो । खत्री परिवार इटहरीमा सरिसकेकाले मानवीय क्षति भने नभएको वडाध्यक्ष चिरञ्जीवी कार्कीले बताउनुभयो ।

पहिरोका कारण भैरबहादुर राई, उद्योगबहादुर भुजेल, कृष्णबहादुर राई, पत्थरबहादुर राई, धनकुमार राई, वर्णबहादुर राई, हरि राई, पर्शुराम राई र प्रदीप राईको घर जोखिममा परेको छ ।

पहिरोभन्दा माथि घर भएका चित्रबहादुर कार्की र शुक्रराज राईको घर पनि जोखिममा परेको कार्कीले बताउनुभयो ।