१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बागमती र गण्डकी प्रदेशमा राति भारी वर्षाको सम्भावना


260
Shares

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

आज (आइतबार)बिहान देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । त्यस्तै, प्रदेश-१, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आइतबार दिउँसो भने देशभर सामान्यतया बदली हुने भएको छ । त्यस्तै, देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको छ। आइतबार राति भने देशभर आंशिकदेखि सामान्य बदली हुनेछ ।

त्यस्तै, देशका पहाडी भू-भाग र बाँकी भू-भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना भएको महाशाखाले जनाएको छ ।