३ चैत्र २०८१, आइतबार | Mon Mar 17 2025


विवाह बन्धनमा बाँधिदै नीता र हरिहर


3.952k
Shares

काठमाडौं । अभिनेत्री नीता ढुंगाना र ज्योतिषी एवं अभिनेता हरिहर अधिकारी विवाह बन्धनमा बाँधिने भएका छन् ।

आगामी असार २४ गते शुक्रबारका दिन दरबारमार्गस्थित होटल याक एन्ड यतिमा उनीहरू विवाह बन्धनमा बाँधिन लागेका हुन् ।

यतिबेला दुबै जना विवाहको तयारीमा लागेका छन् । उनीहरूले आफ्नो विवाहका लागि अहिले निम्तो कार्ड पठाइरहेका छन् । उनीहरुको विवाहमा आफन्त र परिवारलाई मात्र बोलाइएको छ ।

नीता र हरिहरले चार वर्षअघिको प्रेमलाई विवाहमा परिणत गर्न लागेका हुन् ।

यस जोडीले नयाँ फिल्म ‘ह्रस्व दीर्घ’ बनाउने तयारी गरेका छन् । उक्त फिल्मको छायांकन बिहेपछि हुने बुझिएको छ ।