१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रदर्शन मिति फेरबदल भएपछि ‘सम्झना बिर्सना’ को दोस्रो ट्रेलर सार्वजनिक


52
Shares

काठमाडौं । त्रिकोणात्मक प्रेम कथामा आधारित ‘सम्झना बिर्सना’ को दोस्रो ट्रेलर सार्वजनिक भएको छ ।

‘सम्झना बिर्सना’ को दोस्रो ट्रेलर बुढा सुब्बा डिजिटलमार्फत सार्वजनिक भएको हो ।

निर्माण टिमले फिल्मको प्रदर्शन मिति फेरबदल भएपछि दोस्रो टिजर सार्वजनिक गरेको हो । फिल्म असार ३१ गतेदेखि प्रदर्शन हुँदैछ ।

निमेष प्रधानद्वारा लिखित कथामा प्रधानकै निर्देशन रहेको छ । फिल्मका पूजा शर्मा, आकाश श्रेष्ठ, छुल्ठिम गुरुङ, सुनील थापा र शिशिर राणाको मुख्य भूमिका रहेको छ । दार्जिलिङ, सिलगुढी, सिक्किमलगायतका रमणीय स्थानमा छायांकन गरिएको फिल्मलाई अद्वितीय प्रधानको प्रस्तुतिमा रेविका प्रधानले निर्माण गरेकी हुन् । फिल्ममा सुवास भुर्तेल कार्यकारी निर्माता रहेका छन् ।

फिल्मको तीन मिनेट ट्रेलरमा कमेडी, लभ, रोमान्स, संवेदना र रहस्यको मिश्रण रहेको छ । लामो समयपछि ठूलो पर्दामा पूजा र आकाश एकैसाथ देखिने भएका छन् ।

ट्रेलर :