
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी (एस) इमान्दार नदेखिएका बताउनु भएको छ ।
माओवादी केन्द्रको आइतबार कसेको केन्द्रीय कमिटी बैठकमा निर्वाचनको समीक्षा गर्दे दाहालले सत्ता गठबन्धनमा रहेको नेपाली कांग्रेस निर्वाचनमा ईमान्दार नभएको प्रतिवेदन पेश गर्नुभएको छ । त्यसैगरी नेकपा एकीकृत समाजवादीले धेरै सीट खोजेको दाहालको प्रतिवेदनमा उल्लेख छ ।
स्थानीय तहको निर्वाचन पछि पहिलो टिक बसेको केन्द्रीय कमिटी बैठकमा दाहालले सत्ता गठबन्धनमा रहेका दलहरुबीच केन्द्रमा भएको जस्तो सहमति स्थानीय तहमा हुन नसकेको बिषय प्रतिवेदनमा प्रस्तुत गर्नु भएको छ । खासगरी नेपाली कांग्रेसको पूरै शक्ति गठबन्धनप्रति इमानदार र गम्भीर नभएको पाइएको दाहालको भनाई छ । त्यस्तै नेकपा एकीकृत समाजवादीले आफ्नो वास्तविक स्थितिभन्दा बढी सिट दावी गरेको र जनता समाजवादी पार्टीले तराई मधेसमा गठबन्धन गर्न अनिच्छुक रहेको देखिएको प्रतिवेदनमा उल्लेख छ ।
त्यसैगरी दाहालले प्रतिवेदनमा आगामी निर्वाचनको तयारी र पार्टीले अपनाउनुपर्ने रणनीतिबारे पनि प्रतिवेदनमा उल्लेख गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्