
एजेन्सी, बैशाख १९ । भारतमा विभिन्न शहरमा फसेका मानिसहरुलाई रेलबाटै उनीहरुको गन्तव्यसम्म लैजाने अनुमति सरकारले दिएको छ ।
भारतको गृह मन्त्रालयले देशको विभिन्न स्थानमा फसेका प्रवासी मजदूर, विद्यार्थी, पर्यटक, तीर्थयात्री र अरु मानिसलाई उनीहरुको गन्तव्यसम्म पुर्याउन रेलको प्रयोग गर्न सकिने अनुमति दिएको हो ।
तर त्यसका लागि रेलवे ले स्पेशल ट्रेन चलाउनुपर्ने गृह मन्त्रायले जनाएको छ । यसका लागि रेल मन्त्रालयले एक नोडल अफिसर नियुक्त गर्ने र उसले राज्य सरकारसँग मिलेर काम गर्ने पनि उल्लेख गरिएको छ ।
सरकारले यो निर्णय गर्नासाथ झारखण्ड राज्यले राजस्थानमा फसेका आफ्नो राज्यका नागरिकलाई विशेष रेल सेवामार्फत् लैजाने निर्णय गरेको छ ।
झारखण्डका मुख्यमन्त्री हेमन्त सोरनले राजस्थानबाट दुई रेल गाडीमा आफ्ना राज्यका नागरिकलाई ल्याउन लागेको जानकारी दिएका हुन् ।
प्रतिक्रिया दिनुहोस्