६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


सिन्धुलीकाे एक होटलमा महिलाद्वारा एक पुरुषको हत्या


21.489k
Shares

सिन्धुली । सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाडिको स्टल बजारमा अवस्थित डाँफे होटलमा आइतबार राति महिलाद्वारा एक पुरुषको हत्या भएको छ ।

सिन्धुलीको घ्याङलेकी मालारानी थिङले कमलामाई नगरपालिकास्थित धुराबजारका सुमन बिकको घाँटी थिचेर हत्या गरेकी हुन् । आइतबार बिहानैदेखि होटलमा बसेका ती महिला र पुरुष विवाहित हुन् । महिलाका श्रीमान भने विदेशमा रोजगारीमा रहेका छन् ।

साेही घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।