
काठमाडौं । नेकपा माओवादी केन्द्रको दोस्रो दिनको केन्द्रीय कमिटी बैठक शुरु भएको छ ।
आइतबारबाट शुरु भएको बैठकमा पहिलो दिन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह निर्वाचन,देशको समसामयिक राजनीति लगायतका विषयमा प्रतिवेदन पेश गर्नु भएको थियो ।
आजको बैठकमा अध्यक्ष दाहालले आइतबार पेश गर्नुभएको १० पन्ने राजनीतिक प्रतिवेदनमा खुला छलफल हुनेछ । दाहालको प्रतिवेदनमा अहिलेको अन्तर्राष्ट्रिय परिस्थिति, वर्तमान घरेलु परिस्थिति, स्थानीय तह निर्वाचनको विश्लेषण, आगामी निर्वाचनमा पार्टीले अपनाउनु पर्ने रणनीति एवं तयारीका विषय पनि समेटिएका छन् । दाहालको प्रतिवेदन माथि केन्द्रीय सदस्यहरुले आ –आफ्नो धारणा राख्नेछन् ।
बैठक काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा बसिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्