२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


माओवादी बैठकमा केन्द्रीय समितिको पदाधिकारी र स्थायी कमिटी गठनको माग


13
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठकमा केन्द्रीय समितिको पदाधिकारी, स्थायी कमिटीको गठन गर्नुपर्ने माग उठेको छ ।

आइतबार बसेको केन्द्रीय समितिको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गर्नुभएको प्रतिवेदनमाथि नेताहरूले आफ्ना भनाइ राखेका हुन् ।

सोमबारको बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रया दिँदै पार्टीका प्रवक्ता कृष्णबहादुर महराले बैठकमा केन्द्रीय समितिको पदाधिकारी, स्थायी कमिटीको गठन गर्नुपर्ने माग उठेको बताउनुभयो ।

महराले बैठकमा आज ४१ जना नेताहरूले भाग लिएको र स्थानीय चुनावसम्बन्धी समीक्षा, पार्टी निर्माणबारेका बारेमा विषय उठान भएको जानकारी दिनुभयो ।

प्रवक्ता महराले केन्द्रीय कमिटीको अर्को बैठक मंगलबार बस्ने र बैठकमा अध्यक्ष दाहालले प्रतिवेदनमाथि उठेका प्रश्नको स्पष्टीकरण दिने बताउनुभयो ।