३ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025


अनमोल ‘जेरी-२’मा अनुबन्धित


481
Shares

काठमाडौं । अभिनेता अनमोल के.सी. फिल्म ‘जेरी-२ ’मा अनुबन्धित भएका छन् ।

२०७१ कार्तिक २८ गते प्रदर्शनमा आएको फिल्म ‘जेरी’ को सिक्वेलको रूपमा ‘जेरी-२’ निर्माण हुने भएको छ । ‘जेरी-२ ’का लागि निर्माता सरोज न्यौपाने र रामकृष्ण श्रेष्ठ र अनमोलबीच लिखित सहमति भएको छ । यो फिल्मका लागि अनमोलले आकर्षक पारिश्रमिक बुझेका छन् ।

फिल्मलाई हेमराज बीसीले निर्देशित गर्ने भएका छन् । फिल्म ‘होस्टेल’बाट हेमराजले निर्देशन र अनमोलले अभिनेताको रुपमा डेब्यू गरेका थिए ।

यसअघि फिल्म ‘जेरी’ को नायिकामा आना शर्मा थिइन् । तर ‘जेरी-२’ मा आना बाहिरिएको बताइएको छ । फिल्ममा नायिका चाहिं निश्चित नभएको कुरा निर्माता न्यौपानेले जानकारी दिए ।

नेपाल, अमेरिका र अस्ट्रेलियामा छायांकन हुने फिल्मलाई २०८० सालको विजयादशमी (दशैं) मा प्रदर्शन गर्ने योजना निर्माण टिमको छ ।

यसअघि अनमोल दुई साताअघि ‘छड्के २’ र गत शुक्रबार सुदर्शन थापाले निर्देशन गर्ने एक अनटाइटल प्रोजेक्ट साइन गरेका थिए ।