
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनभित्र समस्या उत्पन्न हुनुलाई सामान्य रुपमा लिनुपर्ने बताउनुभएको छ ।
काठमाडौंमा नेपाल ट्रेड युनियन कांग्रेसले आज मंगलबार आयोजना गरेको पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोईरालाको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफ्नो पार्टी र गठबन्धन मिलाउनुपर्ने चुनौती रहेको समेत उल्लेख गर्नुभयो ।
साेही कार्यक्रममा कांग्रेस उपसभापति धनराज गुरुङले गठबन्धनका दलहरुभित्र झगडा सुरु भएको प्रसंग उठाएपछि गुरुङलाई जवाफ दिँदै प्रधानमन्त्री देउवाले एउटै पार्टीमा त समस्या हुन्छ भने गठबन्धनमा समस्या हुनुलाई सामान्य रुपमा लिनुपर्ने बताउनुभयो । नेपाली राजनीतिमा स्वर्गीय कोइरालाको भूमिका अतुलनीय रहेको पनि उहाँको तर्क छ ।
प्रतिक्रिया दिनुहोस्