१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


निजामति कर्मचारीलाई नयाँ वातावरण दिइने छ : मन्त्री श्रेष्ठ


546
Shares

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले निजामति कर्मचारीहरुलाई नयाँ वातावरण दिने काम भइरहेको बताउनुभएको छ ।

मंगलबार मन्त्रालयले आयोजना गरेको कर्मचारीको नयाँ सोच प्रस्तुतिका लागि प्रतिभा डबली अन्तिम चरणको छनोट कार्यक्रममा उहाँले कर्मचारीलाई काम गर्न नयाँ वातावरण बनाउने बताउनुभएको हो ।

उहाँले सरकारी सेवामा कार्यरत कर्मचारीहरु बीचमा प्रतिभाको प्रतिष्पर्धाले आगामी दिनमा अध्ययन र अनुसन्धानको पाटोलाई थप सुदृढ गर्ने विश्वास व्यक्त गर्नुभयो । सीप र क्षमतालाई प्रतियोगिताको माध्यमबाट अघि सार्दा कर्मचारीहरुमा काम गर्ने क्षमता बढ्ने अपेक्षा राखेको मन्त्री श्रेष्ठले बताउनुभयो ।