१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सिन्धुलीमा बम्जनको आश्रम सुनसान


21.463k
Shares

सिन्धुली । सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडी नजिकै रहेको कथित तपस्वी रामबहादुर बम्जन हराएसँगै उनको आश्रम सुनसान बनेको छ ।

हत्या, अपहरण र बन्धक जस्ता विभिन्न आरोप मुद्दामा नेपाल प्रहरीको मोस्ट वाण्टेट सूचीमा रहेका बम्जन केही महिना यता आश्रमबाट अन्यत्रै गएको उनका अनुयायीहरुले बताएका छन् । उनी हराएसँगै सिन्धुलीको कमलामाई नगरपालिका–५ को पहिरेमा रहेको उनको आश्रममा रेखदेख र सरसफाईको काम गर्ने केही अनुयायीहरु मात्र रहेका छन् ।

बम्जनले कब्जा गरेको १५ रोपनी क्षेत्रफलमा जीम हलदेखि स्वीमिङ पुल र सुविधा सम्पन्न बंगला आश्रम निर्माण गरी कम्पाउन्डमा सुरक्षा फौजकै शैलीमा सेन्ट्री तैनाथ गरेर बसेका थिए । बम्जनमाथि पाँच जना युवायुवतीहरुलाई बेपत्ता पारेको समेत अभियोग छ । सुरुमा बारा जिल्लाको हलखोरिया जंगलमा लामो समयसम्म तपस्यामा बसेका बम्जनको तपस्या अवलोकन गर्न विदेशीहरु समेत आउने गरेका थिए ।