२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


अपाङ्गता भएका व्यक्तिका परिवारलाई धनकुटामा बाख्रा र बंगुुरका पाठा वितरण


195
Shares

धनकुटा । धनकुटाको छथरजोरटी गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिका परिवारको जीविकोपार्जन गर्न सहयोग पुर्याउने उदेश्यका साथ बाख्रा र बंगुुरका पाठा वितरण गरेको छ ।

अपाङ्गता रोकथाम तथा पुन: स्थापना परियोजनाको साझेदारीमा विभिन्न किसिमको अपाङ्गता भएका २० जना र तिनका परिवारलाई बाख्रा र बंगुुरका पाठा वितरण गरिएको हो ।

व्यवसायीक सिप विकास तालिम लिएका विपन्न परिवारका व्यक्तिलाई बीउ पूँजी स्वरुप बाख्रा र बंगुरका पाठा उपलब्ध गराइएको छथरजोरटी गाउँपालिका अध्यक्ष छत्रबहादुर सुब्बाले जानकारी दिनुभयो ।