१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नदीमा डुबेर बेपत्ता युवकको शव भारतमा फेला


858
Shares

बर्दिया । नदीमा डुबेर बर्दियामा बेपत्ता एक युवकको शव फेला परेको छ ।

आइतबारदेखि बेपत्ता राजापुर नगरपालिका ४ दलैका १६ वर्षिय कौसल चौधरीको शव भारतको बहराइच जिल्ला स्थित कैलाशपुरी ब्यारेजमा तैरिरहेको अवस्थामा फेला परेको हो ।

युवकको शव भारतीयको समन्वयमा नेपाल ल्याउने तयारी भैरहेको छ । गर्मिछल्न कर्णाली नदीमा आइतबार दिउँसो नुहाउन गएका चौधरी बेपत्ता भएका थिए ।