७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


बैतडीको झुलाघाट नाका खुल्यो


234
Shares

बैतडी । भारतसँग सीमा जोडिएका बैतडीको झुलाघाट नाका खुलेको छ ।

नाका बुधबार अपरान्ह ४ बजेपछि खुलेको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिनुभयो ।

महाकाली नदीको उक्त पुलको भारतीय सीमानातर्फ बेस लक भाच्चिएपछि मर्मतका लागि मंगलबार साँझदेखि बन्द गरिएको थियो । भारत सरकारले निर्माण गरेको उक्त पुल भारतीय पक्षले नै मर्मत गरेको हो ।

पुल मर्मतपछि नाकामा आवातजावत समेत सुचारु भएको छ । यसअघि पुलको लक भाचिएको सूचना प्राप्त भएपछि दुबै देशका सुरक्षा निकायहरुले मंगलबार दिउँसो पुलको अवलोकन गरे पछि मर्मत गर्ने सहमति भएको थियो ।

झण्डै ४ सय वर्ष पुरानो झोलुङ्गे पुल समय समयमा मर्मत गरिँदै आएको छ । झुलाघाटको महाकाली नदीमा मोटरेबल पुलको आवश्यकता भएपनि अहिलेसम्म मोटरेबल पुलको काम अघि बढ्न सकेको छैन । उक्त नाकामा मोटरेवल पुलको माग गर्दै बैतडीवासी ३८ दिन लामो रिले अनशन बसेका थिए ।