
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले हिंसाप्रेरित अभिव्यक्ति दिनुभएको छ ।
देश बेच्न पाईदैन भनेर एमसीसीजस्तो राष्ट्रघाती सम्झौंताविरुद्ध लडाई लडेर जेल परेका आफ्ना पार्टीका कार्यकर्तालाई १० लाखसम्म धरौटी माग्ने न्यायाधीशलाई कुटनुपर्ने बताउनु भएको हो ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले देश बचाउन लडाई लडेका आफ्ना कार्यकर्तालाई रिहाई गर्न यति धेरै धरौटी माग गर्ने न्यायाधीश को हुन ? भनि पटकपटक प्रश्न समेत गर्नुभयो ।
महासचिव विप्लवले सो आन्दोलनको क्रममा गिरफ्तार भएका आफ्ना पार्टीमा आवद्ध विद्यार्थीहरुलाई अदालतले धेरै धरौटी मागेको उल्लेख गर्दै कहाँबाट ल्याएर तिर्ने भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो ।
महासचिव विप्लवले एमसीसी संसदबाट पारित भएपनि त्यसलाई कार्यान्वयन हुन नदिने अडान समेत दोहो¥याउनुभयो । उहाँले क्रान्ति गर्न डराएकाहरुले मात्रै आफ्नो पार्टी छाडेको दावी गर्नु भयो ।
प्रतिक्रिया दिनुहोस्