
स्याङ्जा । जिल्लाको वालिङ नगरपालिका–१० का रामु पंगेनी छोराको उपचारका लागि सहयोग गरिदिन आग्रह गरेका छन् ।
१८ वर्षीय कान्छो छोरा शिशिरलाई रक्त क्यान्सर पुष्टि भएपछि काठमाडौंको मीनभवनस्थित निजामती अस्पतालमा उपचाररत पंगेनीले थप उपचारका लागि सहयोग गरिदिन आग्रह गरेका हुन् ।
उच्च शिक्षाका पोखरामा रहेका शिशिरको दाँतवाट रक्तश्राव भएपछि पोखरामा जाँच गर्दा रक्त क्यान्सर भएको पुष्टि भएको थियो ।
उपचारको क्रममा बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएपछि परिवारले सहयोगको अपिल गरेका हुन् । लामो समयसम्म अस्पतालमै बस्नुपर्ने र उपचारको लागि ४० देखि ५० लाखसम्म खर्च हुने भएपछि परिवारले हात फैलाएका हुन् ।
छोराको उपचारका लागि आफूसँग भएको र आफन्तसँग ऋण सहयोग पाएको १० लाख उपचारमा सकिसकेको आमा सीताले बताइन् । उपचारमा ठूलो रकम लाग्ने भएपछि जीवन रक्षाको लागि उनले देश तथा विदेशमा सहयोगी संघ संस्था र व्यक्तिसँग गुहार मागेकी हुन् ।
उपचार खर्च जुटाउनका लागि शिशिरकै नाममा मुक्तिनाथ विकास बैंकमा खाता खोलिएको छ । बैंकको खाता नं ०४८२२३००९०३४२४०००००१ मा आर्थिक सहयोग गर्न परिवारले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्