१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एसपीपीमा सहभागी नहुने पत्र तत्काल पठाउनुपर्छ : देव गुरुङ


117
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने पत्र तत्काल पठाउन मात्र गर्नुभएको छ ।

बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै माओवादी प्रमुख सचेतक गुरुङले पत्र तत्काल पठाइनुपर्ने माग गर्नुभयो ।

अमेरिकी सहयोग परियोजना (एमसीसी) अनुमोदन गर्ने क्रममा संसदले गरेको १२ बुँदे ब्याख्यात्मक घोषणालाई अमेरिकाले अहिलेसम्म स्वीकार नगरेको भन्दै उहाँले यसबारे पनि प्रष्ट हुनुपर्ने बताउनुभयो ।

१२ बुँदे ब्याख्यात्मक घोषणा स्वीकार गरे मात्र एमसीसीका कार्यक्रम अघि बढ्ने प्रमुख सचेतक गुरुङले बताउनुभयो ।