
एजेन्सी । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कन्जरभेटिभ पार्टीको नेताबाट राजीनामा दिने भएका छन् ।
प्रधानमन्त्रीमा भने उनी शरद ऋतुसम्म रहिरहने बीबीसीले जनाएको छ ।
पछिल्लो समय एकपछि अर्को मन्त्रीले राजीनामा दिएपछि जोन्सनमाथि सरकार छाड्नुपर्ने दबाव बढेको थियो । तर जोन्सनले प्रधानमन्त्रीको साटो पार्टी नेताबाट राजीनामा दिने तयारी गर्नुभएको हो ।
यौन दुव्र्यवहारमा संलग्न रहेका व्यक्तिलाई विगतबारे जानकारी हुँदा हुँदै पनि नियुक्ति दिएको पाइएपछि जोन्सनको कार्यक्षमतामाथि प्रश्न उठाउँदै केही मन्त्री र सरकारका सहयोगीहरुले राजीनामा दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्