१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विपद् व्यवस्थापन र क्षति न्यूनिकरणमा नेपाली सेना


26
Shares

काठमाडौं । मनसुन सुरु भएसँगै प्राकृतिक प्रकोप कारण हुने धनजनको क्षति कम गराउन सरकारले फौजी संगठनहरूलाई तयारी हालतमा रहन निर्देश गरेको छ ।

सरकारी आदेशसँगै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले देशैभरि आफ्नो सांगठनिक तयारी बढाएका छन् । सेनाले विपद् व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखी मातहत संगठनलाई चुस्त, दुरुस्त राखिएको जनाएको छ ।

निरन्तर झरीसँगै देशभर बाढीपहिरो, राजमार्ग अवरुद्ध र सडक दुर्घटनाका जोखिम बढ्ने गर्छन् । विपद् व्यवस्थापनमा फौजी संगठनको उपस्थितिले क्षति न्यूनिकरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ ।

त्यसमध्येको नेपाली सेनाले पनि सक्दो जनशक्ति र साधन प्रयोग गरेर न्यूनिकरणमा आफ्नो भूमिका निभाउँदै आएको छ । यो वर्ष पनि मनसुन सुरु भएपछि देशका विभिन्न भागमा लागि नेपाली सेनाले बाढीपहिरो प्रभावित लागि उद्धारका गर्नुका साथै प्रभावित क्षेत्रका स्थानीयलाई सकुशल स्थानान्तरण गरेको छ ।

यसैगरि, नेपाली सेनाले प्रभावित स्थानको पहिचान गरि खाद्यान्न वितरण गर्नुका साथै मेडिकल क्याम्प सञ्चालन गर्ने, पहिरोले पुरिएका राजमार्ग सचारु गर्न तटबन्ध निर्माण गर्ने लगायत सरहानीय काम गर्दै आएका छन् ।

जल तथा मौसम विभागले देशका अधिकांश भागमा यो वर्ष सरदरभन्दा बढी वर्षा हुने पुर्वानुमान गरिसकेको अवस्थामा सेनाले क्षति न्यूनिकरणका लागि तयारी थालिसकेको सैनिक प्रवक्ता नाराण सिलवाल बताउनुहुन्छ ।

हरेक वर्ष प्राकृतिक प्रकोपबाट हजारौंले ज्यान गुमाउनुपरेको छ भने लाखौं परिवार बाढीपहिरोकै कारण विस्थापित भइरहेका छन् । नेपाली सेनाले देशमा परेका हरेक विपत्तिमा अग्रस्थानमा रहि मानवीय सहयता गर्दै आएको छ ।

सैनिक प्रवक्ता सिलवाल आफूहरूले देशको सेवामा सधैँ समर्पित भएर आफ्नो जिम्मेवारी पूरा गरेको बताउँदै आगामी दिनमा पनि स्रोत र साधनले भ्याएसम्म हरसम्भव जिम्मेवारी वहन गर्ने प्रतिवद्धता व्यक्त गर्नुहुन्छ ।