
रौतहट । जिल्लाको ईशनाथ नगरपालिका–६ स्थित चमनाका ईलाकाबाट १० लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।
बुधबार सशस्त्र प्रहरीले १० लाख नेपाली रुपैयाँ र १२ हजार ५ सय भारतीय रुपैयाँसहित भारतमा घर बताउने २६ वर्षीय मोहम्मद कमरे आलमलाई पक्राउ गरेको छ ।
बिआर ५ यू ५१६५ नम्बरको मोटरसाइकलमा सवार आलमलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी रामपुरखापबाट खटिएको टोलीले शंका लागेर जाँच गर्दा रकम फेला परेको हो । उनदे उक्त रकमको स्रोत देखाउन सकेनन् ।
पक्राउ परेका आलमलाई बरामद रुपैयाँ तथा मोटरसाइकल सहित आवश्यक कारबाहीको लागि भन्सार कार्यालय गौरमा बुझाइएको छ । बरामद भारतीय रुपैयाँ निजको आफन्तलाई बुझाइएको छ ।
प्रतिक्रिया दिनुहोस्