
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसलाई युद्ध भूमिमा पराजित गरेर देखाउन पश्चिमा देशहरु चुनौती दिनुभएको छ ।
रुसी संसदमा बोल्दै राष्ट्रपति पुटिनले रुसले युक्रेनमा गरिरहेको सैन्य कारबाही नाम मात्रैको युद्ध हो भन्दै पश्चिमा देशहरुले भने सोही संघर्षमा रुसलाई टेष्ट गर्न खोजेको तर्क गर्नुभयो । राष्ट्रपति पुटिनले युक्रेन युद्धले एक ध्रुवीय विश्वलाई बहुध्रुवीय बनाउने दावी पनि गर्नुभयो ।
राष्ट्रपति पुटिन भन्नुभयाे, “हामी सुनिरहेका छौं उनीहरु हामीलाई युद्ध भूमिमा पराजित गर्न चाहन्छन् । कोशिस गरेर हेरुन् ।” पश्चिमा देशहरुले अन्तिम युक्रेनी जीवित रहेसम्म युक्रेन युद्धलाई सहयोग गर्ने कुरा पनि सुनिरहेको भन्दै उहाँले त्यो नै युक्रेनी जनताका लागि दूर्भाग्यपूर्ण हुने बताउनुभयो ।
याे युद्धकाे मामिला पनि त्यहीं दिशातर्फ नै अघि बढिरहेको जस्तो देखिएको टिप्पणी पनि उहाँले गर्नुभयो । पश्चिमा देशहरुले रुसी अर्थतन्त्र विरुद्ध पनि नक्कली युद्ध लडिरहेको भन्दै उहाँले रुस सबै तयारीका साथ अघि बढेको उहाँकाे तर्क छ । उहाँले संसदमा सम्बोधनका क्रममा वार्ताबाटै युक्रेन युद्धको अन्त्य गर्ने विकल्प खुला रहेको र आफूहरु शान्ति वार्ताका लागि तयार रहेको बताउनुभयाे ।
प्रतिक्रिया दिनुहोस्